काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूसहितको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।
जारी बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको बताइएको छ ।
एमालेसँग सत्ता सहकार्यमा ९ महिना पुग्दा सत्तारुढ दल नेपाली कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको छ ।
पछिल्लो समय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र उनी निकटका नेताहरूले चर्को सरकारको असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
यसअघि हिजो बालुवाटार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा बसेको थियो । उक्त बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा सहभागी नभएको सन्दर्भलाई चासोका साथ हेरिएको छ ।










