३१ असार २०८३, बुधबार
,
Latest
सरकारद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदित किसानलाई सावधानी अपनाउन आग्रह राष्ट्रिय सुरक्षा र कूटनीतिक सम्बन्धमा असर पार्ने चलचित्रलाई प्रदर्शन अनुमति नदिइने प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्छाैंः मुख्यमन्त्री यादव पुँजीबजारः ३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित कुखुरापालक किसानलाई ५० करोड राहत सुदूरपश्चिम एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त नेप्से परिसूचक १४ अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलुखेतीबाट तीन महिनामा आठ लाख आम्दानी



अ+ अ-

इनरुवा, (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गर्नुभएको थियो । उहाँले सबै खर्चसहित रु छ लाख खर्च गर्नुभएको थियो । त्यसबाट करिब र १४ लाखको आलु उत्पादन गरिएको बताउनुभयो ।

तीन महिना मेहनत गरेर आलुखेतीबाट रु आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ ।  रु १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर रु आठ लाख आम्दानी भएको उहाँले बताउनुभयो । “विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ । तथापि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ । यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो”, मेहताले भन्नुभयो ।

यहाँका अधिकांश हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो । यहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु लगाउने गरिएको उहाँले बताउनुभयो । समग्रमा वार्षिक रूपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस