२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

चिसापानी–मङ्गलसेन सडक स्तरोन्नति सुरु गर्न मुख्यमन्त्रीको निर्देशन

चिसापानी–मङ्गलसेन सडक स्तरोन्नति सुरु गर्न मुख्यमन्त्रीको निर्देशन
अ अ+ अ-

कैलाली। चिसापानी–मङ्गलसेन सडकखण्डको १६ किमी सडक स्तरोन्नति सुरु गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रिय वनको जग्गा प्रयोग र जग्गामा रहेका रुख गोल हटाउन सम्झौता भएसँगै मुख्यमन्त्री शाहले सो निर्देशन दिनुभएको हो । आज मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कैलालीको लम्कीचुहा नगरपालिका–३ र मोहन्याल गाउँपालिका–७ मा पर्ने चिसापानी–मङ्गलसेन सडकखण्डसँग सम्बन्धित पक्षसँगको छलफल पछि स्तरोन्नति सुरु गर्न निर्देशन दिनुभएको थियो ।

छलफलमा सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनियर प्रकाश खड्का, डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेल, वन निर्देशनालय सुदूरपश्चिम प्रमुख हेमराज विष्ट, मोहन्याल गाउँपालिका–७ का वडाध्यक्ष नवराज कठायत, युवा नेता नेत्र भण्डारीलगायतको सहभागिता थियो ।

मङ्गलबार चिसापानी–मङ्गलसेन सडकखण्डमा पर्ने राष्ट्रिय वनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न सो जग्गामा रहेका विभिन्न जातका ४७२ वटा रुख गोल हटाउन वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र सडक विभागबीच सम्झौता भएको थियो ।

चिसापानी–मङ्गलसेन सडकखण्ड परापूर्वकालदेखि हटेरु बाटोका रुपमा परिचित छ”, बैठकमा मुख्यमन्त्री शाहले भन्नुभयो, “पिता पुर्खाहरुको नासोका रुपमा रहेको यस सडकखण्डको स्तरोन्नति गरी जनतालाई विकासको प्रत्याभूति गराउनु पर्दछ ।” उहाँले २०२४ सालमा स्व हरिप्रसाद भण्डारीले मङ्गलसेनसम्म मोटर गाडी पु¥याउनु भएको स्मरण गराउनुभयो ।

सडक डिभिजन कार्यालय महेन्द्रनगर, डिभिजन वन कार्यालय पहलमानपुर र वन निर्देशनालय सुदूरपश्चिमले बिहीबारदेखि काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजना, निर्माण व्यवसायी र वन मन्त्रालयबीच त्रिपक्षीय समन्वयमा काम सञ्चालन गर्नुपर्ने निर्णय बैठकमा गरिएको छ ।

प्रदेश गौरवको योजनाभित्र रहेको यस सडकलाई चालु आर्थिक वर्षमा प्रदेश सरकारले स्तरोन्नतिका लागि मोहन्याल गाउँपालिका–७ मा पर्ने बादेखोलामा मोटरपुल निर्माणका लागि रु २१ करोड ७३ लाख, साँघुरे खोलामा मोटरपुल निर्माणका लागि रु १९ करोड ४४ लाख र चिसापानी सोल्टा सडक स्तरोन्नतिका लागि रु १० करोड बजेट विनियोजन गरेको छ । रासस