६ भाद्र २०८३, शनिबार
,
Latest
बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजतन्त्र ब्युँताउनु दिवास्वप्न-उपेन्द्र यादव



अ+ अ-

जलेश्वर। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र ब्युँताउनु दिवास्वप्न हुने बताउनुभएको छ ।

जनता समाजवादी पार्टी नेपालको ‘महोत्तरी जिल्ला अधिवेशन’को उद्घाटन सत्रमा उहाँले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसैले चाहेर पनि समाप्त नहुने बताउनुभयो ।

उहाँले केही व्यक्ति र केही शक्ति मिलेर लोकतन्त्रलाई समाप्त गरेर देशमा राजतन्त्र ब्युँताउने प्रयास गरिरहे पनि जनता सजग र चनाखो भएकाले उनीहरुको प्रयास असफल हुने उहाँको भनाइ छ ।

अध्यक्ष यादवले वर्तमान सरकारप्रति जनतामा आक्रोश र निराशा रहेकोसमेत उल्लेख गर्नुभयो । देशमा विद्यमान नकारात्मक र निराशाजनक परिस्थितिको जिम्मेवार वर्तमान सरकार रहेको र उनीहरुलाई आउने दिनमा जनताले निर्वाचनमार्फत जवाफ दिने उहाँले बताउनुभयो । रासस