१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराई–मधेस जागरण अभियान आजदेखि पुनः सुरू



अ+ अ-

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत आज पश्चिम नवलपरासीका विभिन्न स्थानमा कार्यक्रम भएका छन् ।

अभियानमा सहभागीले आज बिहान छ किलोमिटर ‘मर्निङवाक’ गरेका पश्चिम नवलपरासी वाइसिएलका जिल्ला अध्यक्ष मोहन सापकोटाले जानकारी दिनुभयो ।

अभियानका क्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दघाट–४ बजारबाट ‘मर्निङवाक’ गर्दै बर्दघाट(१४ स्थित सहिद स्मृति समुदायिक अस्पताल चौपतको प्राङ्गणमा रहेको सहिद सूर्यविक्रम थापाको सालिकमा माल्यार्पण गर्नुभएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नारायण भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार अभियानका क्रममा अध्यक्ष दाहालले सहिद परिवार, शुभेच्छुकलगायत व्यक्तिसँग भेटघाट र छलफल गर्नुभएको थियो । विनयी त्रिवेणी–६ त्रिवेणीधाम, अवलोकन गरी यहाँका स्थानीयसँग समसामयिक विषयमा छलफल गर्नुभएको सापकोटाले उल्लेख गर्नुभयो । पाल्हीनन्दन गाउँपालिका५ राधाकृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा जनतासँग जनसभा कार्यक्रम गर्नुका साथै जिल्ला सदरमुकाम परासीलगायत ठाउँमा पनि कार्यक्रम गर्ने तयारी भएको छ ।

नवलपुरको गैँडाकोटबाट पुनः सुरू भएको अभियान आज पश्चिम नवलपरासीका विभिन्न स्थानमा आयोजना भएको छ । जनतासँग माओवादी तराई-मधेस जागरण अभियानलाई निरन्तरता दिँदै जनताका समस्या बुझ्ने र समाधानका लागि आवश्यक पलह गर्ने नेकपा मओवादी केन्द्रले जनाएको हो ।