२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराई–मधेस जागरण अभियान आजदेखि पुनः सुरू



अ+ अ-

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत आज पश्चिम नवलपरासीका विभिन्न स्थानमा कार्यक्रम भएका छन् ।

अभियानमा सहभागीले आज बिहान छ किलोमिटर ‘मर्निङवाक’ गरेका पश्चिम नवलपरासी वाइसिएलका जिल्ला अध्यक्ष मोहन सापकोटाले जानकारी दिनुभयो ।

अभियानका क्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दघाट–४ बजारबाट ‘मर्निङवाक’ गर्दै बर्दघाट(१४ स्थित सहिद स्मृति समुदायिक अस्पताल चौपतको प्राङ्गणमा रहेको सहिद सूर्यविक्रम थापाको सालिकमा माल्यार्पण गर्नुभएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नारायण भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार अभियानका क्रममा अध्यक्ष दाहालले सहिद परिवार, शुभेच्छुकलगायत व्यक्तिसँग भेटघाट र छलफल गर्नुभएको थियो । विनयी त्रिवेणी–६ त्रिवेणीधाम, अवलोकन गरी यहाँका स्थानीयसँग समसामयिक विषयमा छलफल गर्नुभएको सापकोटाले उल्लेख गर्नुभयो । पाल्हीनन्दन गाउँपालिका५ राधाकृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा जनतासँग जनसभा कार्यक्रम गर्नुका साथै जिल्ला सदरमुकाम परासीलगायत ठाउँमा पनि कार्यक्रम गर्ने तयारी भएको छ ।

नवलपुरको गैँडाकोटबाट पुनः सुरू भएको अभियान आज पश्चिम नवलपरासीका विभिन्न स्थानमा आयोजना भएको छ । जनतासँग माओवादी तराई-मधेस जागरण अभियानलाई निरन्तरता दिँदै जनताका समस्या बुझ्ने र समाधानका लागि आवश्यक पलह गर्ने नेकपा मओवादी केन्द्रले जनाएको हो ।