१७ बैशाख २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबईबाट आएका युवकलाई कुटपिट गर्ने विमानस्थलका तीन प्रहरी जिम्मेवारीबाट हटाइए



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई कुटपिट गर्ने तीन प्रहरी कारबाहीमा परेका छन् । दुबईबाट फर्किएका एक युवकलाई कुटपिट गरेको आरोपमा विमानस्थलबाट ३ जना प्रहरीलाई हटाइएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले घटनामा संलग्न देखिएका ३ जना प्रहरी कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएको जनाएको छ ।

उनीहरुलाई विमानस्थलबाट तानेर काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाई आवश्यक छानविन तथा अनुसन्धान थालिएको छ ।

गत चैत ३१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर काठमाडौँमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वदेश फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको भन्ने भिडिओ सामाजिक सञ्जालमा व्यापक चर्चामा आएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि मानिसहरुले भिडियोको कमेन्टमा प्रहरीमाथि आक्रोश समेत पोखेका थिए ।