३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप एसिया छनोटः नेपालको लगातार तेस्रो जित



अ+ अ-

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा घरेलु टोलि नेपालले लगातार तेस्रो जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो । तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्‍यो ।

नेपाललाई सहज जित दिलाउन ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे । त्यसअघि निरज यादवले २३ रनको योगदान दिए ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६ ओभर २ बलमा ११५ रनमा अलआउट भयो ।

हङकङलाई सस्तोमा समेट्न नेपालका युवराज खत्रीले ४ विकेट लिए । यस्तै, विपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट हात पारे ।

ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाए । यस्तै, आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन जोडे ।