९ बैशाख २०८२, मंगलवार
,
Latest
मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ की के बिनाकोः प्रधानमन्त्री ओली शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले ममाथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिनू, गम्भीर परिणाम भोग्नुपर्लाः अध्यक्ष दाहाल नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोपः टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन् मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री तरकारी खेतीबाट आत्मनिर्भर मीना कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो: प्रधानमन्त्री सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना र पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा, डर्टमण्ड र एस्टन भिल्ला बाहिरिए



अ+ अ-

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको दोस्रो लेगको खेलमा दुबै टोलि पराजित भएपनि एग्रिगेटको नतिजाले दुबै टोलिले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

बार्सिलोना डर्टमण्डसँग उसको घरेलु मैदानमा ३–१ गोलले पराजित भयो । तर, एग्रिगेटमा बार्सिलोना ३–५ ले अगाडि रह्यो । डर्टमण्डका लागि सेर्हु गुइरासीले ह्याट्रिक गरेपनि टोलिलाई सेमिफाइनलमा पुर्याउन सकेनन् ।

उनले खेलको ११ औं (पेनाल्टी), ४९ औं र ७६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । यता, एक गोल पनि बार्सिलोनाले उपहारस्वरुप पायो । डर्टमण्डका रेमी बेन्सेबेइनीले ५४ औं मिनेटमा आत्मघाती गोल गरे ।

यस्तै, अर्को खेलमा पिएसजी इंग्लिस क्लब एस्टन भिल्लासँग ३–२ गोलले पराजित भएपनि एग्रिगेटमा ४–५ को नतिजाले पिएसजीले सेमिफाइनलमा स्थान बनायो । खेलको ११ औं मिनेटमा अच्रफ हाकिमीले र २७ औं मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पिएसजीलाई २–० को अग्रता दिलाएका थिए ।

तर, घरेलु टोलि भिल्लाका लागि खेलको ३४ औं मिनेटमा योरी टिलेमान्स, ५५ औं मिनेटमा जोन म्याकजिन र ५७ औं मिनेटमा एज्री कोन्साले गोल गर्दै ३–२ जित निकालेपनि एग्रिगेटका लागि पर्याप्त भएन ।