६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घका नवनिर्वाचित कार्यसमितिलाई सभापति देउवाद्वारा बधाई तथा शुभकामना



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

सङ्घको चैत २९ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित अध्यक्ष भुवनसिंह गुरुङलगायतको कार्यसमितिलाई उहाँले आज बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अगाडि सारेका उम्मेदवारलाई विजय गराउन सफल भएकामा नेतृत्वलाई धन्यवाद दिनुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन नयाँ कार्यसमिति लाग्नुपर्ने बताउनुभयो ।  सङ्घका नवनिर्वाचित अध्यक्ष गुरुङले वैदेशिक रोजगार ऐन तथा नियमावलीमा परिवर्तन र सेवा शुल्क परिमार्जनजस्ता दीर्घकालीन सुधारका कामहरू अगाडि बढाउने बताउनुभयो ।

एसोसिएसनका अध्यक्ष दीपक थापाले संगठनले अगाडि सारेका उम्मेदवारविरूद्ध लाग्ने एसोसिएसनकै केही व्यवसायीलाई कारबाही गर्न सहजीकरणका लागि आग्रह गर्नुभएको थियो ।

भेटमा कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल, सङ्घका नवनिर्वाचित पदाधिकारी एवं सदस्य र एसोसिएसनका प्रतिनिधिको सहभागिता रहेको थियो । रासस