२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

राजस्व छलि आरोपमा मुद्दा दायर

राजस्व छलि आरोपमा मुद्दा दायर
अ अ+ अ-

लुम्बिनी। रूपन्देहीको शिद्धार्थनगर नगरपालिका–८ लुम्बिनी गेट नजिककै सञ्चालनमा रहेको सुन्दर हार्डवेयर एण्ड प्लाइउड पसलविरुद्ध राजस्व चुहावट तथा राजस्व छलि गरेको आरोपमा मुद्दा दायर भएको छ ।

उक्त पसलका सञ्चालक जोगेन्द्र अग्रहरीले मालवस्तु खरिद गरेको स्टक नचढाएको, बिल बिजकनै जारी नगरी सामान बिक्री गर्ने गरेको तथा बिक्री भएको मालवस्तुको अभिलेख नराखेको अनुसन्धानबाट देखिएकाले राजस्व अनुसन्धान कार्यालय, बुटवलले आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक कृष्ण कुमारी श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

राजस्व कार्यालयको अनुसन्धानमा उक्त पसल सञ्चालकले राजस्व कार्यालयमा पेस गरेको मौज्दात विवरणभन्दा पसलको गोदाममा अधिक मालवस्तु फेला परेको र ती मालवस्तुको खरिद तथा भन्सार पैठारीसम्बन्धी कुनै कागजात प्रमाण निजले पेस गर्न नसकेका कारण कारोबार कर छल्ने उद्देश्यले न्यून बिक्री देखाइ राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ (संशोधन सहित) को दफा ४(छ) र (झ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय, बुटवलका कार्यालय प्रमुख बिवेक घिमिरेले जानकारी दिनुभयो ।

राजस्व अनुसन्धान कार्यालयले प्राप्त तथ्य र प्रमाणको आधारमा सुन्दर हार्डवेयर एण्ड प्लाइउडका प्रोप्राइटर जोगेन्द्र अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरिएको र बिलबिजक, खरिद खाता, बिक्री खातालगायत अन्य आवश्यक कागजात तथा मालवस्तुको भौतिक गणना गरी विश्लेषण प्रतिवेदनअनुसार निजले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ३ ले निषेध गरेको कार्य गरेको पुष्टि हुन आएकाले मुद्दा दायर गरिएको प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

उक्त मुद्दामा प्रतिवादी सुन्दर हार्डवेयर तथा प्लाइउड पसलका सञ्चालकले राजस्व चुहावटको प्रकृति, गाम्भिर्यता तथा राजस्व चुहावट भएको रकम समेतलाई विश्लेषण गरी रु ५४ लाख ४१ हजार बिगो र सोही बमोजिम शतप्रतिशत जरिवाना र कानुन बमोजिम हदैसम्मको कैद सजाय मागदाबी लिई मुद्दा दायर गरिएको घिमिरेले जानकारी दिनुभयो । रासस