२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण



अ+ अ-

म्याग्दी । ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पदमार्गमा पर्ने हुचिनखोलामा काठको पुल निर्माण भएको छ ।

धवलागिरि गाउँपालिकाको रु पाँच लाख अनुदान र उपभोक्ताको रु ६० हजार बराबरको श्रमदानमा ३२ मिटर लामो पुल र दुई सय मिटर पुलसम्म पुग्ने पदमार्ग निर्माण भएको हो । पुल निर्माणपछि गुर्जाका बासिन्दा र ढोरपाटन–गुर्जा पदमार्गमा यात्रा गर्ने पर्यटकलाई बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने समस्या हटेको धवलागिरि–१ गुर्जाका वडासदस्य गुनराम छन्त्यालले जानकारी दिनुभयो ।

“रुघाचौरबाट आउने र हुचिनखोलाको दोभानमा बर्खामा आकस्मिक रूपमा बाढी आउने गर्छ । पुल नहुँदा खोला तर्ने क्रममा बाढीले बगाउने जोखिम थियो”, उहाँले भन्नुभयो, “गाउँमा भएको पुराना पुलको लठ्ठा झिकेर राखिएको थियो । सोही लठ्ठा तानेर काठको फल्याक बिछ्याएर स्थानीय प्रविधिबाट पुल बनाइएको हो ।”

हुचिनखोला हुँदै ढोरपाटन सिकार आरक्षको गुर्जाघाट जोड्ने पदमार्ग छ । पर्यटकका साथै स्थानीयवासीले पशुलाई गोठ लैजान, जङ्गलमा च्याउ, टुसा, जडीबुटी सङ्कलन गर्न जानका लागि हुचिनखोला तर्नुपर्छ । रासस