२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित

साँखुमा बज्रयोगिनी माई जात्राको रौनक

साँखुमा बज्रयोगिनी माई जात्राको रौनक
अ अ+ अ-

काठमाडौँ। नेपाल शिरोमणिसमेत भनिने बज्रयोगिनी माईको जात्रा साँखुमा सुरु भएको छ । चैत्र शुक्ल अष्टमीका दिन बज्रयोगिनी माईलाई निमन्त्रणा दिने पूजा भए लगत्तै जात्रा सुरु भएको मानिन्छ । औपचारिक जात्रा भने चैत्र शुक्ल पूर्णिमादेखि नै सुरु हुन्छ ।

नेवारी परम्पराअनुसार चैत्र शुकल अष्टमी अर्थात् गत चैत २३ गतेदेखि नै साँखु बजारमा छालाको जुत्ता निषेध गरिएको छ । यो जात्रा चलेका बेला पानी पर्दासमेत साँखुमा छाता ओढ्न नपाइने नियम  छ । यसैगरी घोडा हात्ती चढ्न नपाइने, घर भत्काउन र नयाँ बनाउन नपाइने, छतमा चढेर काम गर्न नपाइने जस्ता नियम लागू भएको छ ।

साथै झै–झगडा गर्न नपाइने, साहुले ऋणीलाई समात्न नपाइने, यी र यस्ता नियमहरु उर्दी लाउने परम्परा छ । पूर्णिमाका दिन चैत ३० गते बज्रयोगिनी माता, सिंहिणी, व्याघ्रिनीलगायत देवीदेवता रथमा सवार गराइ बज्रयोगिनीबाट साँखु बजार ल्याइएको छ । यो जात्रा साँखुका आठ वटै टोलमा प्रत्येक वर्ष पालैपालो राख्ने परम्परा रहेको स्थानीयवासी बताउँछन् ।

यो जात्रालाई साँखुको मात्रै हैन उपत्यकाकै विशेष जात्राको रुपमा लिइन्छ । यहाँको रथ ठूला ठूला हुने र देवी देवता पनि खुला रुपमा राखिने हुँदा अन्य सहरहरुमा हुने जात्राको तुलनामा देवीदेवताको मूर्ति भव्य देखिने गर्छ ।

पूर्णिमादेखि सुरु हुने जात्रामा प्रतिपदाको दिनलाई शून्यका भनिन्छ । द्वितीयाको दिनलाई नखः र तृतीयाको दिन साँखु बजारमा बज्रयोगिनी माईलाई सिंहिणी, व्याघ्रिनीलगायत बसुन्धरा माताको समेत नगर परिक्रमा गराइन्छ ।

चतुर्थीको दिनलाई मू–भुज्या भनिन्छ भने पञ्चमीको दिनलाई धुँभूज्या र षष्ठीको दिनलाई बौविज्या भनिन्छ । सप्तमीको दिनलाई थहाँ विज्याः भनिन्छ । यस दिन बज्रयोगिनी माईलाई बज्रयोगिनी फर्काउन विशेष होम गरी साँखुमा पूजा आजा सकिएपछि मात्रै देवी देवताहरु रथमा सवार गराउने परम्परा रहेको यहाँको संस्कृतिका बारेमा खोज अनुसन्धान गरिरहनुभएका प्रकाशमान श्रेष्ठ सक्वले राससलाई जानकारी दिुनुभयो ।

राति रथमा राखिने भएकाले एक आधा घण्टा जात्रा गरी सकिन्छ । भोलिपल्ट अष्टमीको दिन भने साँखुबाट देवी देवताहरुको रथ बज्रयोगिनी पु¥याई जात्रा समापन गरिन्छ । यस क्रममा साँखुको कोलागाल कटेपछि घुमारचोकका स्थानीय तामाङ समुदायले माईलाई माईती फर्काउने भन्दै जात्रामा सहभागी हुनुका साथै उनीहरुले सो दिन विशेष पूजा आजाका साथ भोज भतेर गर्दछन् । यो जात्रामा नेवार र तामाङ समुदायको मिलन हुने गर्छ ।

नेवार समुदायले दशमी र एकादशीको दिन राजा रानीको तर्फबाट विचाः पूजा भनी बज्रयोगिनी माईलगायत सम्पूर्ण देवीदेवताको पूजा आजा गरी वनभोज खान जाने चलन छ । यसरी पूजा गर्न जाने कामलाई नेवार समुदायले विचाःपूजा भन्दछन् । यसको अर्थ देवी देवताको हालखबर बुझ्न जानु हो भन्ने बुझिन्छ ।

बज्रयोगिनी जात्राका लागि मल्लकालमा राजा आफँै आउने  व्यवस्था थियो ।  अन्तिम मल्ल राजा जयप्रकाश मल्ल युद्धमा रहँदा उनले खड्गलाई नै आफ्नो प्रतिनिधित्व मान्नु भनेर पठाएपछि हालसम्म राज खड्ग ल्याउने परम्परा कायमै रहेको विश्वास गरिन्छ । बज्रयोगिनी जात्रामा साँखु वरपरका बासिन्दा मात्र नभई उपत्यका बाहिरका श्रद्धालु दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । रासस