६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता खुसी र सुखी भएमात्र राज्य बलियो हुन्छ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनतामा देखिएको असन्तुष्टि, आक्रोश र बढिरहेको निराशाको कारण र निदान खोज्दै सम्बोधन गर्नु राज्यको दायित्व रहेको बताउनुभएको छ ।

नववर्ष २०८२ को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उहाँले जनता खुसी र सुखी भएमा मात्र राष्ट्रिय एकता, आपसी सद्भाव, अमन चयन कायम भई राज्य बलियो हुने धारणा व्यक्त गर्नुभएको हो । पूर्वप्रधानन्यायाधीश समेत रहनुभएका रेग्मीले सबै विषयको संवाहक शक्ति जनता भएकै कारण लोकतन्त्रमा जनता सर्वोपरि हुन् भनिएको स्पष्ट पार्नुभयो ।

उहाँले सन्देशमा भन्नुभएको छ, “नेपालको सामाजिक र राजनीतिक इतिहास हेर्ने, सम्झने र मनन गर्ने हो भने लाखौँको बलिदान भएको छ, त्यसै जनता सार्वभौम बनेका होइनन् ।”

शिक्षा, स्वास्थ्य, रोजगारी आम सरोकारका विषय भएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले कृषि, कृषिजन्य उद्योग र पर्यटनलाई जनसाधारणसँग जोडेर जनजीविकाको सशक्त माध्यम बनाउनु अनिवार्य भएको सुझाव दिनुभयो । उहाँले भन्नुभएको छ, “आजको मुख्य विषय भनेको जनताको आवश्यकताको पहिचान र त्यसको सशक्त सम्बोधन, परिणाममुखी र नतिजामुखी काम नै हो । राज्यको साधनस्रोतको अधिकतम सदुपयोग र त्यसको प्रतिफल जनता समक्ष पुग्नु नै हाम्रो सफलता हो, जनताको सन्तुष्टिको अवस्था हो ।”

पूर्वअध्यक्ष रेग्मीले समयको माग र गतिसँगै विश्व रङ्गमञ्चमा आफ्नो उपस्थितिको समीक्षा गर्दै राज्यको उन्नति र जनताको समृद्धिमा प्रतिबद्ध भई एकजुट हुन नयाँ बर्ष सफल होस् भन्ने कामना गर्नुभयो ।