४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

जात्रा पर्वमा भीडभाड नगर्न आग्रह

जात्रा पर्वमा भीडभाड नगर्न आग्रह
फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड–१९ को  सङ्क्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भीड नगर्न आग्रह गरेको छ ।
 
“पछिल्ला दिनमा कामपासँगै उपत्यका नै कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेको छ ।  जात्रा र पर्वको समय पनि शुरु भएको छ । यो हाम्रा लागि चुनौतीपूर्ण समय हो”, कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, “शुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो, लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेको सङ्ख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । यस्तो बेलामा हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन ।” बिहीबार सम्पन्न कामपाको  ५०औँ कार्यपालिका बैठकले बिभिन्न प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो ।
 
उहाँले गृह प्रशासनले असुरक्षितरूपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था झन जोखिम हुने बताउनुभयो । “अहिलेसम्मको प्रतिवेदनलाई आधार मान्ने हो भने उपत्यका बाहिरबाट प्रवेश गर्नेहरुमै बढी सङ्क्रमण देखिएको छ”, उहाँले भन्नुभयो, “उनीहरुबाटै समुदायमा समेत कोरोना सङ्क्रमण फैलिनसक्ने सम्भावना भएकाले सबैभन्दा पहिला उपत्यका प्रवेशका क्रममा सावधानी अपनाउन आवश्यक छ ।” 

कामपा उपप्रमुख  हरिप्रभा खड्गीले जात्रा पर्व मनाउने सन्दर्भमा उपत्यका नगरपालिका फोरमको एउटै आवाज हुनुपर्ने धारण राख्नुभयो । बैठकले कामपा  विपद् व्यवस्थापन कोष ९सञ्चालन० कार्यविधि २०७७ र स्वास्थ्य संस्था दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि–२०७७ पनि पारित गरेको छ । 

त्यसैगरी बैठकले  भवन निर्माणको भेरियसन स्वीकृत गरेको छ भने चालू आर्थिक वर्षका लागि निर्माण सामग्रीको दररेट स्वीकृत गरेको छ । जिल्ला दररेट निर्धारण समितिले स्वीकृत गरेको निर्माण सामग्री, ज्याला, ढुवानी, भाडाको दररेट नै महानगरले स्वीकृत गरेको हो ।
 

काठमाडौं उपत्यकामा हालसम्म ५७३ जनामा कोरोना भाइरसको पुष्टि भएकोे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले भन्नुभयो, “काठमाडौँ उपत्यका जस्तो उच्च जनघनत्व बढी भएको ठाउँमा सङ्क्रमण फैलिएमा जटिल समस्या आउन सक्छ । सबैले सचेत हुनुपर्छ ।” पछिल्लो समय भारतबाट कामका सिलसिलामा उपत्यका प्रवेश गर्नेहरुमा सङ्क्रमणको जोखिम उच्च देखिएको जनाइएको छ । उहाँले भन्नुभयो “यसरी आउने व्यक्तिले सम्बन्धित स्थानीय तहलाई सूचना आवश्यक छ ।”
 
जोखिममा रहेका समूहलाई परीक्षणको दायरामा ल्याउनुपर्छ । यसो भयो भने महामारी नियन्त्रण गर्न धेरै सहज हुने उहाँको भनाइ छ । मास्कको प्रयोग नगर्ने, गरे पनि उचित तरिकाले प्रयोग नगर्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम बढेको छ । मास्कको उचित प्रयोग भयो भने ७० प्रतिशत बढी सङ्क्रमणको जोखिमबाट बच्न सकिन्छ । निर्देशक डा पाण्डेका अनुसार उपत्यकामा देखिएका कोरोनाका सङ्क्रमितमध्ये ३५० स्थानीयवासी रहेका छन् । उहाँहरुमध्ये २१० पुरुष र बाँकी महिला  छन् । सङ्क्रमितमध्ये केहीलाई जटिलता देखिएको पनि जानकारी गराइएको छ ।