२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा इजरायली आक्रमणमा १० जनाको मृत्यु



अ+ अ-

एजेन्सी। गाजाको केन्द्रीय सहर डिर अल–बलाहमा आइतबार इजरायली हवाई आक्रमण हुँदा कम्तीमा १० जना प्यालेस्टिनी नागरिकको ज्यान गएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ ।

विभागका प्रवक्ता महमूद बसालले जानकारी दिँदै भन्नुभयो,“ एक सवारीसाधनमा गरिएका आक्रमणमा सात जनाको मृत्यु भएको छ, जसमा छ जना एउटै परिवारका थिए । घाइते भएकाहरूलाई डिर अल–बलाहस्थित अल–अक्सा अस्पतालमा उपचारका लागि लगिएको छ ।”

प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली विमानले सवारीसाधनमा मिसाइल प्रहार गर्दा गाडीमा आगलागी भएको थियो । यस घटनाबारे इजरायली सेनाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यस्तै, डिर अल–बलाह नगरपालिकाको भवनमा गरिएको अर्को हवाई आक्रमणमा थप तीन जनाको ज्यान गएको नागरिक सुरक्षा विभागले जनाएको छ । इजरायली सेनाले यो आक्रमण पुष्टि गरेको छ ।

इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले भन्नुभयो,“ हमासको कमाण्ड केन्द्र लक्षित गरी आक्रमण गरिएको हो, जहाँ हमासका धेरै सदस्यहरू उपस्थित थिए ।”

स्वास्थ्य मन्त्रालयका अनुसार मार्च १८ देखि इजरायलले पुनः सैन्य कारवाही सुरु गरेयता गाजामा एक हजार ५७४ जनाको मृत्यु भइसकेको छ भने चार हजार ११५ जना घाइते भएका छन् ।

गाजामा द्वन्द्व सुरु भएको सन् २०२३ अक्टोबर ७ यता हालसम्म ५० हजार ९४४ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ भने एक लाख १६ हजार १५६ जना घाइते भएका छन् ।रासस/सिन्ह्वा