२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन मार्सल आट्र्स क्लब युएसएबाट काजल श्रेष्ठ सम्मानित



अ+ अ-

काठमाडौं। च्याम्पियन मार्सल आटर््स क्लब युएसएले १३औं दक्षिण एसियाली खेलकुद (साग) की तेक्वान्दोकी स्वर्ण पदक विजेता तथा नेपालकी अन्तर्राष्ट्रिय रेफ्री काजल श्रेष्ठलाई क्लबको टि–सर्ट, प्रमाणपत्र र नगद ४०० अमेरिकी डलरसहित विशेष सम्मान गरेको छ ।

न्युयोर्कस्थित क्लब परिसरमा आयोजित भव्य कार्यक्रममा सिद्धार्थ लामा, पुष्प थापा मगर, जनकसिंह खड्का, तारा रायमाझी, कमल मगरलगायत खेलकुद क्षेत्रका व्यक्तित्वहरू र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै च्याम्पियन क्लबका संस्थापक अध्यक्ष तथा ११औं सागका स्वर्ण पदक विजेता सुनिल लामाले काजलको निरन्तर मेहनत, अनुशासन र सफलताप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनहरूमा अझ ठूला उपलब्धिहरू हासिल होस् भन्ने शुभकामना व्यक्त गरे। साथै, अध्यक्ष लामाले नगद सहयोग उपलब्ध गराउने मनिता शाही र पुष्प थापा मगरलाई विशेष धन्यवाद व्यक्त गर े।

कार्यक्रम आयोजक च्याम्पियन मार्सल आट्र्स क्लब युएसए विदेशमा रहेका नेपाली खेलाडीहरूको हौसला अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाको पहिचान स्थापित गर्न निरन्तर सक्रियता जनाउँदै आएको छ ।

कार्यक्रममा बोल्दै पुष्प थापा मगरले काजल श्रेष्ठको योगदानप्रति आभार प्रकट गर्दै सबै खेलाडीहरूलाई मेहनत, निष्ठा र निरन्तर अभ्यासमार्फत लक्ष्यतर्फ अगाडि बढ्न प्रेरणा लिन आग्रह गरे ।