२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन मार्सल आट्र्स क्लब युएसएबाट काजल श्रेष्ठ सम्मानित



अ+ अ-

काठमाडौं। च्याम्पियन मार्सल आटर््स क्लब युएसएले १३औं दक्षिण एसियाली खेलकुद (साग) की तेक्वान्दोकी स्वर्ण पदक विजेता तथा नेपालकी अन्तर्राष्ट्रिय रेफ्री काजल श्रेष्ठलाई क्लबको टि–सर्ट, प्रमाणपत्र र नगद ४०० अमेरिकी डलरसहित विशेष सम्मान गरेको छ ।

न्युयोर्कस्थित क्लब परिसरमा आयोजित भव्य कार्यक्रममा सिद्धार्थ लामा, पुष्प थापा मगर, जनकसिंह खड्का, तारा रायमाझी, कमल मगरलगायत खेलकुद क्षेत्रका व्यक्तित्वहरू र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै च्याम्पियन क्लबका संस्थापक अध्यक्ष तथा ११औं सागका स्वर्ण पदक विजेता सुनिल लामाले काजलको निरन्तर मेहनत, अनुशासन र सफलताप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनहरूमा अझ ठूला उपलब्धिहरू हासिल होस् भन्ने शुभकामना व्यक्त गरे। साथै, अध्यक्ष लामाले नगद सहयोग उपलब्ध गराउने मनिता शाही र पुष्प थापा मगरलाई विशेष धन्यवाद व्यक्त गर े।

कार्यक्रम आयोजक च्याम्पियन मार्सल आट्र्स क्लब युएसए विदेशमा रहेका नेपाली खेलाडीहरूको हौसला अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाको पहिचान स्थापित गर्न निरन्तर सक्रियता जनाउँदै आएको छ ।

कार्यक्रममा बोल्दै पुष्प थापा मगरले काजल श्रेष्ठको योगदानप्रति आभार प्रकट गर्दै सबै खेलाडीहरूलाई मेहनत, निष्ठा र निरन्तर अभ्यासमार्फत लक्ष्यतर्फ अगाडि बढ्न प्रेरणा लिन आग्रह गरे ।