१६ असार २०८३, मंगलवार
,
Latest
कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यले राख्यो अर्को नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजामा केहि दिनदेखि सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाउने क्रम रोकिएको छैन । कोरोना सङ्क्रमणका कारण लगातार उकालो लागेको सुन बिहिबार ९९ हजारमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार तोलाको ५ सय बढेर ९९ हजारमा कारोबार भएको सुनको मुल्य शुक्रबार ३ सयले बढेको हो । 

अहिलेको अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने संभावना बलियो देखिएको छ । केहि दिनदेखि लगातार उकालो लागेको सुनको मुल्य शुक्रबार भने ९९ हजार ३ सय पुगेको महासङ्घले जनाएको छ ।  यस्तै चाँदी आज तोलामा १२ सय  पुगेको छ ।