१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा हनुमान जयन्ती शोभायात्र विवादः पाँच बुँदे सहमति (पत्रसहित)



अ+ अ-

पर्सा । वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा चैत ३० गते उत्पन्न भएको विवादलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गरेको छ ।

दिनभर चलेको छलफलपछि प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूबीच सहमति जुटेको हो । जसले वीरगञ्जमा शान्ति स्थापना हुने आशा जगाएको छ ।

बैठकले मुख्य रूपमा पाँचवटा विषयमा सहमति गरेको छ । जसमा हनुमान जयन्तीको शोभायात्रामा भएको घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानूनी प्रक्रियाअनुसार आवश्यक कारबाही गर्ने, सद्भाव र सहिष्णुता कायमः बैठकमा सहभागी सबै पक्षले आपसी धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साथै घटनाको अनुसन्धान तथा कानूनी प्रक्रियामा पूर्ण सहयोग पु¥याउने सहमति पनि भएको छ । घाइतेको उपचार र क्षतिपूर्ति, घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गरिने भएको छ । यसका साथै घटनाबाट भएको भौतिक क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

धार्मिक, सांस्कृतिक र जातीय कुनै पनि कार्यक्रममा हतियार प्रदर्शनलाई पूर्ण रूपमा निषेध गरिएको छ । यदि यस्तो कार्य गरेको पाइएमा दोषीलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ । पर्सा जिल्लामा सञ्चालित सम्पूर्ण धार्मिक संस्था र तिनीहरूले चलाएका विद्यालय, मदरसा लगायतका संस्थाहरूको सुक्ष्म अनुगमन गरिने भएको छ ।

यदि कुनै अनियमितता भेटिएमा आवश्यक कारबाही अगाडि बढाइनेछ । यस सर्वपक्षीय सहमतिलाई स्थानीयवासी र सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन् । उनीहरूले वीरगञ्जमा शान्ति र सद्भावको वातावरण निर्माण गर्न आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।