२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने



अ+ अ-

तनहुँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ ।

बन्दीपुरमा आजदेखि सुरु भएको १२ औँ सांस्कृतिक तथा महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले बन्दीपुर पर्यटकीय सम्भावना बोकेको पालिका भएकाले पर्यटनलाई समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशको राजधानी पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा बन्दीपुर विकास भइरहेको चर्चा गर्नुहुँदै उहाँले बन्दीपुरको पर्यटन विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “पर्यटनलाई स्थानीयको आयआर्जनसँग जोड्नुपर्छ । त्यसका लागि पालिकासँग मिलेर के गर्न सकिन्छ हामी सहयोग गर्छौ ।”

बन्दीपुर भ्रमण वर्ष सफल बनाउन र नयाँ वर्षमा बन्दीपुरमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङले बताउनुभयो । रासस