
काठमाडौँ । पूर्वरावादीद्वारा चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आगजनीमा संलग्न आरोपमा प्रवीण जोशी र सुरज गौतम पक्राउ परेका हुन् । उनीहरूलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रदर्शनमा सहभागीहरूले आगजनी गरेको कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रुपमा क्षति भएको थियो ।
उनीहरुले आगजनी गर्दै गरेको भिडियो सार्वजनिक भएको छ । आगजनी गर्नेले पूर्वराजा र पूर्वरानीको फोटो भएको टिसर्ट लगाएको भिडियोमा देख्न सकिन्छ ।