२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीको लागि युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ



अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईलाम चुलाचुलि घर भई काठमाडौँ बस्ने ३५ बर्षीय ख्याम खड्का र मोरङ ग्रामथान घर भई काठमाडौँ बस्ने २३ बर्षका ईश्वर पोखरेल रहेका छन् ।

खड्काले दुई पिडितलाई युके पठाईदिन्छु भन्दै छत्तिस लाख ठगी गरेको पाईएको छ भने पोखरेलले क्यानडा पठाईदिन्छु भन्दै एक जनाबाट दश लाख एकाउन्न हजार ठगी गरेको खुलेको छ ।

पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गरेको पाईएपछि उनीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित कार्यालयहरुमा पठाईएको काठमाडौँ अपराध अनुसन्धान कार्यलयले जनाएको छ ।