१० बैशाख २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकपको एसिया छनोटः नेपालद्वारा युएईसामु २०१ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको एसिया छनोटअन्तर्गत नेपाल र युएईबीचको खेल जारी छ ।

यसैबीच, नेपालले युएईलाई २०१ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदान पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन जोडेको हो ।

घरेलु टोलि नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेले ।

नरेनले ७५ बलमा ६७ रन बनाए । यस्तै, दिलसाद अलीले ३४ र साहिल पटेलले ३२ रन जोडे । बलिङतर्फ युएईका उदिस सुरीले ३ विकेट लिए ।

मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा घटाइएको छ ।