३१ असार २०८३, बुधबार
,
Latest
सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ भूमिहीन र सुकुमवासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन अर्थसम्बन्धी कानून संशोधन विधेयकः सुशासन प्रवर्द्धन हुनेमा सांसदहरूको विश्वास, राजश्व अनुसन्धानको संरचना परिवर्तनप्रति आपत्ति व्यावसायिक लागत घटाउन र कानुनी दोहोरोपना अन्त्य गर्न आधा दर्जन ऐन खारेज गरिँदै सभामुख अर्यालद्वारा सांसदहरूलाई जनस्तरमा पुग्न आग्रह, प्रतिनिधि सभाको बैठक साउन १४ गतेसम्मका लागि स्थगित बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास



अ+ अ-

झापा, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ । नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताउनुभयो । मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा रु १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकोमा जग्गा प्राप्तिमा ढिलाइका कारण गौरादहमा अस्पताल निर्माण सुरु हुन सकेको थिएन ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबकुमार कार्कीसहित उपस्थित हुनुहुन्थ्यो ।