२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष लिङ्देनद्वारा स्वर्गीय पत्रकार सुरेशको परिवारसँग भेट, परिवारद्वारा शहीद घोषणा र न्यायिक छानबिनको माग



अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, बागमती प्रदेशका सभामुख भुवन पाठकसहितको टोलीले चैत १५ गतेको तीनकुने-घटनामा ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकका परिवारलाई भेट्नु भएको छ ।

सनिबार दिउँसो स्वर्गीय पत्रकार रजकको ताहचल स्थित निवासमा पुगेर उहाँहरुले भेट्नुभएको हो ।

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको निधन भएको थियो।

शोकाकुल परिवारसँग भेटका क्रममा अध्यक्ष लिङ्देनले दिवंगत पत्रकार सुरेश रजकप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै दुखद घटनाको कडा भर्त्सना गर्नुभयो। उहाँले पार्टीले स्व. रजकको घटनालाई लिएर गम्भीर चासो लिएको बताउँदै संसद र सडक दुवै माध्यमबाट निरन्तर आवाज उठाइरहेको स्पष्ट गर्नुभयो।

स्व.रजकको परिवारले सुरेशलाई शहीद घोषणा गर्नुपर्ने र घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेका छन्। अध्यक्ष लिङ्देनले परिवारको मागप्रति समर्थन जनाउँदै राप्रपाले यस विषयमा पार्टी बैठकबाट औपचारिक निर्णय गरिसकेको र आगामी दिनहरूमा पनि मुद्दालाई सशक्त रूपमा उठाइरहने प्रतिबद्धता जनाउनुभयो।