१६ असार २०८३, मंगलवार
,
Latest
चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्ण विजेतालाई कांग्रेसले गर्यो सम्मान



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई नेपाली कांग्रेसले सम्मान गरेको छ ।  

पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो । कांग्रेस खेलकुद विभागले आयोजना गरेको विशेष कार्यक्रममा सभापति शेरबहदुर देउवाले स्वर्ण पदक विजेताहरुलाई प्रतिखेलाडी १० हजारका दरले सम्मान गरेको हो । एकभन्दा बढी पदक जित्ने खेलाडीहरुलाई थप ५ हजार दिइएको छ । 

जसअनुसार सागमा ४ वटा स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले २५ हजार प्राप्त गरिन् । यस्तै २ वटा पदक जित्ने तेक्वान्दोका आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुबास तामाङलाई १५ हजार रुपैयाँले सम्मान गरेको छ । 

नेपालले सागमा स्वर्ण रजत र कास्य गरी २ सय ६ पदक प्राप्त गरेपनि कांग्रेसले स्वर्ण पदक विजेतालाई मात्रै सम्मान गरेको हो । यद्यपी रजत र कास्य जित्ने खेलाडीलाई भने पछि सम्मान गर्ने विभागले जनाएको छ । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य सहित कुद पदक २०६ जितेको थियो । महाधिवेशनको मिति नजिकिँदै गर्दा गठन भएको पार्टीको खेलकुद विभागले सक्रियता देखाउन थालेको छ ।