५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त



अ+ अ-

काठमाडौँ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनप्रति श्रद्धान्जली व्यक्त गर्दै उहाँको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

बोहराको निधन भएको ११औँ दिन आज स्व बोहोराको निजी निवास बालुवाटारमा पुगेर दिगवङ्त सांसद बोहोराको परिवारसँग भेट गरी सभामुख घिमिरेले समवेदना व्यक्त गर्नुभएको हो । दिगवङ्त बोहोरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वरिष्ठ नेता तथा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सदस्य हुनुहुन्थ्यो ।

त्यसैगरी सांसद सूर्य थापाले आज उहाँको निवासमा पुगेर समवेदना व्यक्त गर्नुभएको छ । रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहोराको उपचारको क्रममा यही चैत १९ गते मङ्गलवार निधन भएको हो ।

पोस्ट–कोभिड समस्याबाट पीडित राप्रपाका संस्थापक नेता बोहोरा पर्यटन राज्यमन्त्री, पर्यटन सहायकमन्त्री, निर्माण तथा यातायात राज्यमन्त्री, निर्माण तथा यातायातमन्त्री,  वन तथा भूसंरक्षणमन्त्री, श्रम तथा रोजगारमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बन्नुभएको थियो । रासस