१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैनः अध्यक्ष दाहाल

समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैनः अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रुपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प नभएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादको बाटोमा अघि बढ्न चीन सरकारले नेपालको सहयोग गर्ने विश्वास लिएको बताउनु भयो । उहाँले केही समयअघि मात्रै संघीय संसदका दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरुको छानविन आयोग सम्बन्धी कानून सर्वसम्मत रुपमा पारित भएको बताउनु भयो ।

विश्वभरबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढंगबाट टुंग्याउन सफल भएकोमा प्रशंसा भइरहेको अध्यक्ष दाहालको दाबी छ । नेपाल र चीन विश्वासिलो छिमेकी हुनुका साथै साझा सीमा भएपनि कनेक्टिभिटीका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । नेपालले अझै पनि चीनको विकासबाट अधिकतम लाभ लिन नसकेको बताउनु भयो । नेपाल र चीनबीचको सम्बन्धलाई शान्ति, मित्रता र समृद्धिको उदाहरणका रुमपा विकास गर्न प्रतिवद्ध रहनुपर्ने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपाल र चीन विश्वासिलो छिमेकी हुनुका साथै साझा सीमा भएपनि कनेक्टिभिटीका क्षेत्रमा धेरै काम गर्न बाँकी नै छ । नेपालले अझै पनि चीनको विकासबाट अधिकतम लाभ लिन सकेको छैन । चीनले नेपालको सीमा नजिक रेल मार्ग बिस्तार गरिसकेको छ । त्यसलाई नेपालसँग जोड्ने प्रयास भइरहेको बुझिन्छ । यसलाई नेपालका विभिन्न क्षेत्रसँग जोड्ने कुरामा पनि सकारात्मक छलफल भइरहेको बुझिन्छ । यो परियोजना छिटै व्यवहारमा ल्याउन दुवै देशले कार्ययोजना बनाउनेमा नेपाली जनता ढुक्क छ । यि सकारात्मक पक्षहरु हुन् । जुन नेपालको विकासमा सहयोगी सिद्ध हुनेछन् । दुई देशको मित्रता र सहयोगी सम्बन्धलाई थप मजबुत बनाउने कुरामा विश्वास गर्न सकिन्छ । नेपाल र चीनबीच सहयोगका धेरै क्षेत्रहरु छन् । जुन अध्ययन र अन्वेषण गरी जतिसक्दो छिटो कार्यान्वयन गर्न ध्यान दिन जरुरी छ । चीनको समृद्धिबाट लाभ उठाउने जिम्मेवारी हामी नेपालीहरुको हो । चीन पनि नेपालको समृद्धिप्रति जिम्मेवार रहेको मैले बुझेको छु । नेपालको समृद्धिका लागि चीन गम्भीर छ । यसलाई व्यवहारमा परिणत गर्न जरुरी छ । आपसी तालमेल र सहयोगात्मक रुपमा विकास कार्यहरु अघि बढाउन नेपाल र चीन दुवै देशका लागि आवश्यक छ । यो दुवै देशको हितमा छ । आशा छ भविष्यमा दुवै देशले अझ बढी महशुस हुनेगरी संयुक्त रुपमा व्यवहारमा उतार्न सफल हुनेछन् ।

हामी नेपाल र चीनबीचको सम्बन्धलाई शान्ति, मित्रता र समृद्धिको उदाहरणका रुमपा विकास गर्न प्रतिवद्ध रहनुपर्दछ । नेपालमा संविधान सभाबाट जननिर्वाचित प्रतिनिधिहरु समानुपातिक, समावेशी, धर्मनिरपेक्षता सहतिको समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सफल भएका छौँ । यसै क्रममा केही समयअघि मात्रै संघीय संसदका दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरुको छानविन आयोग सम्बन्धी कानून सर्वसम्मत रुपमा पारित भएको छ । विश्वभरबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढंगबाट टुंग्याउन सफल भएकोमा प्रशंसा भइरहेको छ । अब समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रुपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैन ।’

अध्यक्ष दाहालले नेपालमा संविधान सभाबाट जननिर्वाचित प्रतिनिधिहरु समानुपातिक, समावेशी, धर्मनिरपेक्षता सहतिको समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सफल भएको उल्लेख गर्नुभयो ।