२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा छौँः श्रममन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

सरकारले वैदेशिक रोजगार ऐन श्रम ऐनलाई समय सापेक्ष बनाउनका लागि सरोकारवालाहरूसँग सल्लाह सुझाव माग गरेको पनि उहाँले जानकारी दिनुभयो । कानूनहरुलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी गर्नको लागि सरकार र निजी क्षेत्रबीच समन्वय हुन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले घरेलु कामदारको रुपमा वैदेशिक रोजगारमा जान निषेध गर्ने निर्णय समेत खारेज गरिसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्मको अनुभवको आधारमा वैदेशिक रोजगारको व्यवसायलाई अगाडि बढाउनको निम्ति के के कुराका कानूनी अड्चनहरु छन् त्यसको खोजि गरी सुधार गर्नुपर्ने कुराहरुको आधारमा सरकारले अहिले वैदेशिक रोजगार ऐन र श्रम ऐनलाई संशोधन गर्ने क्रममा हामी छौं । त्यसका लागि हामी आवश्यक सल्लाह गरिरहेका छौं । यसअघि पनि म आफैँ मन्त्री भएको बेला कानूनी समस्याको कारण कम्पनी नै बन्द हुने स्थिति कानून संशोधनमार्फत समाधान गरेको हु ।’

वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको उहाँको दाबी छ ।