१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा छौँः श्रममन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

सरकारले वैदेशिक रोजगार ऐन श्रम ऐनलाई समय सापेक्ष बनाउनका लागि सरोकारवालाहरूसँग सल्लाह सुझाव माग गरेको पनि उहाँले जानकारी दिनुभयो । कानूनहरुलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी गर्नको लागि सरकार र निजी क्षेत्रबीच समन्वय हुन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले घरेलु कामदारको रुपमा वैदेशिक रोजगारमा जान निषेध गर्ने निर्णय समेत खारेज गरिसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्मको अनुभवको आधारमा वैदेशिक रोजगारको व्यवसायलाई अगाडि बढाउनको निम्ति के के कुराका कानूनी अड्चनहरु छन् त्यसको खोजि गरी सुधार गर्नुपर्ने कुराहरुको आधारमा सरकारले अहिले वैदेशिक रोजगार ऐन र श्रम ऐनलाई संशोधन गर्ने क्रममा हामी छौं । त्यसका लागि हामी आवश्यक सल्लाह गरिरहेका छौं । यसअघि पनि म आफैँ मन्त्री भएको बेला कानूनी समस्याको कारण कम्पनी नै बन्द हुने स्थिति कानून संशोधनमार्फत समाधान गरेको हु ।’

वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको उहाँको दाबी छ ।