
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको छ ।
बिहिबार मात्रै नयाँ रेकर्ड बनाएको सुन आज प्रतितोला ३ हजार ९०० रुपैयाँले बढ्दै उच्च बिन्दुमा पुगेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य एक लाख ८५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार उक्त सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढ्दै एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।