९ श्रावण २०८३, शनिबार
,
Latest
विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा हनुमान जन्मोत्सव मनाइयो



अ+ अ-

धनुषा। जनकपुरधाममा हनुमान जन्मोत्सव भव्यताका साथ मनाइएको छ । आज जनकपुरधामस्थित जानकी, रामलगायत मन्दिरबाट निस्केको शोभायात्रा नगरको विभिन्न भागमा परिक्रमा गर्दै जनक चोक पुगेर समापन भएको छ ।

जनक चोक पुगेका भक्तजनले सामूहिक रूपमा हनुमान चालिसा पाठ गरेपछि जन्मोत्सव समापन भएको हो । यस अवसरमा जनकपुरधामसहित विभिन्न स्थानका हनुमान मन्दिरमा पूजाअर्चनाका लागि श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो । जनकपुरधामको विभिन्न मन्दिरबाट सुरु भएको शोभायात्रा विहार कुण्ड पुगेर कुण्डको परिक्रमा गर्नाका साथै जुगलजोडी मन्दिरमा विभिन्न धार्मिक कार्यक्रम गरिएको थियो ।

भगवान् रामको जन्म चैत शुक्ल नवमी तिथिमा भएको स्मरणमा यस दिन रामनवमी पर्व विशेष उत्साहका रूपमा पनि मनाउने गरिन्छ । जनकपुरधाममा हनुमान जयन्तीका अवसरमा भारत एवं नेपालको विभिन्न सहर तथा ग्रामीण भेगबाट हजारौँ श्रद्धालु भक्तजनसहित साधुसन्तको सहभागिता थियो ।

मर्यादा पुरुषोत्तम रामको भक्त हनुमान भएकाले उहाँको जन्मजयन्तीका अवसरमा यहाँ महोत्सव आयोजना गरिएको जनाइएको छ । सीताको जन्मभूमि जनकपुरधामको विभिन्न मन्दिरमा आयोजित महोत्सवमा नेपाल र भारतका साधुसन्तको उल्लेख्य सहभागिता थियो । रासस