२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत



अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

केही दिन अघि उपकुलपति प्रा डा बरालले प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाउनुभएको थियो । उहाँ २०८० फागुनमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त हुनुभएको थियो । रासस