६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिप दुर्घटनामा दुई जनाको मृत्य, नौ घाइते



अ+ अ-

रामेछाप । रामेछापमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् ।

मन्थली नगरपालिका–३ ठाँटीमा बा १६ च ६४७६ नं को जिप आज दुर्घटना हुँदा स्थानीय ६२ वर्षीया कृष्णनारायण श्रेष्ठ र ११ वर्षीया भूमिका श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहका अनुसार स्थानीय शारदादेवी मन्दिरमा पुजा सकेर फर्कने क्रममा उक्त दुर्घटना भएको हो । घाइतेको मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रासस