४ भाद्र २०८३, बिहीबार
,
Latest
‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाइ



अ+ अ-

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १६ औं विश्व योगासना च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार स्वागत गर्दै बधाइ दिएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले खेलाडीलाई स्वागत गर्नुका साथै सफलताका लागि बधाइ दिए । टोली बुधबार स्वदेश फर्किएको थियो । मलेसियाको क्वाललम्पुरमा चैत २३ देखि २४ गतेसम्म भएको प्रतियोगितामा नेपालले विभिन्न उमेरसमूह २ स्वर्ण १ रजत र ३ कांस्य गरी ६ पदक जितेको थियो ।

प्रयासजंग चौहान र प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते । अमिष पटेलले रजत तथा किरन मगर, संस्कृती चौलागाईं र सुन्दर सार्कीले कास्य पदक हात पारे । विभिन्न २३ राष्ट्रका १ सय ५३ खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट ३१ जना खेलाडी सहभागी थिए । नेपाल समग्रमा तेश्रो भएको नेपाल योग खेलकुद संघका महासचिव चुडामणि खरेलले जनाएका छन् ।

भारत पहिलो तथा अमेरिका दोश्रो भए । प्रतियोगितामा सहभागी हुने खेलाडीलाई पुस्करराज पन्त, संग्राम पुरी, आनन्द गैरे र दीपा पाण्डेले २ साताको प्रशिक्षण गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले जुनियर खेलाडीमा ध्यान दिन सकेमात्र राष्ट्रलाई अन्तर्राष्ट्रिय सफलता दिलाउने खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउदै खेलाडीले जुन विधामा पदक ल्याउछ त्यसैमा विशेष जोड दिनु पर्ने सुझाए ।

स्वर्ण विजेता प्रयास र प्रत्युषाले राष्ट्रलाई स्वर्ण दिलाएकोमा खुशी व्यक्त गर्दै विश्व च्याम्पियनसिपबाट धेरै कुरा सिक्ने अवसर मिलेको अनुभव सुनाए ।