२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति



हावाहुरी/ फाइल फोटो
अ+ अ-

गुल्मी। गुल्मीमा गएराति गएको हावाहुरीबाट ३६ लाखभन्दा बढीको भौतिक क्षति भएको छ । बुधबार राति चलेको हावाहुरीबाट जिल्लाका विभिन्न स्थानका घर, विद्यालय एवं होटलको छाना उडाउनाका साथै भौतिक संरचनामा गरी कुल ३६ लाख ४५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हावाहुरीले कालीगण्डकी गाउँपालिकाका तीन, मालिकाका ११, धुर्कोट गाउँपालिकाका नौ, रुरु गाउँपालिकाका एक तथा रेसुङ्गा नगरपालिकाका दुई घरमा क्षति पु¥याएको छ । धुर्कोट गाउँपालिका–४ बर्बोटमा अरुण गैरेले सञ्चालन गरेको सुपारी होटलमा पाँच लाखको क्षति भएको छ ।

होटलको छाना उडाउनाका साथै अन्य क्षति गरेको प्रहरीले जनाएको छ । गएराति चलेको हावाहुरीले मालिका गाउँपालिका–४ मा रहेको अर्खबाङ्ग माध्यमिक विद्यालयको कम्प्युटर ल्याब, शौचालय र पुस्तकालय भवनको छानो उडाएको छ । त्यसैगरी, अर्खबाङमा रहेको अर्खबाङ कृषि तथा पशु सहकारीको छानो पनि उडाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा एक लाख ५० हजार तथा सहकारीमा एक लाख बराबरको क्षति भएको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यो विवरण अहिलेको प्रारम्भिक तथ्याङ्क भएको जनाउँदै क्षतिको थप विवरण पालिकालाई पठाउन आग्रह गरिएको बताउनुभयो । राहतका लागि पालिकालाई अनुरोध गरिएको भन्दै उहाँले अहिले तत्काल प्रशासनबाट कुनै राहतका कार्यक्रम भने नभएको जानकारी दिनुभयो । रासस