२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत वेन्जामिन साइडेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा थप सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा जर्मनीले नेपाललाई गर्दै आएको सहयोगलाई कसरी थप प्रभावकारी बनाएर अगाडि बढ्ने भन्नेबारे छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा ऊर्जामन्त्री खड्काले जर्मन सरकारले नेपालको जलविद्युत क्षेत्र वैकल्पिक तथा नविरणीय ऊर्जामा यसअघि गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै उक्त लक्ष्य प्राप्तिका लागि नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न जर्मन सरकारलाई आग्रह गर्नुभयो ।

भेटमा कार्यवाहक राजदूत साइडेलले नेपालको ऊर्जा क्षेत्रको विकासमा जर्मनीको निरन्तर साथ र सहयोग रहँदै आएको बताउनुभयो । आगामी दिनमा पनि उक्त साथ र सहयोग निरन्तर रहने उहाँको भनाइ थियो ।