२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकालाई अन्य करहरूको समीक्षा गर्न जापानको ‘दृढतापूर्वक’ माग



अ+ अ-

एजेन्सी । जापान सरकारले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार शुल्कमा गरिएको रोकलाई ‘सकारात्मक रूपमा’ लिएको तर अझै पनि वासिङ्टनले अन्य भन्सार शुल्कहरू पुनर्विचार गरोस् भनी ‘दृढतापूर्वक’ माग गरेको बताएको छ ।

“हामीले पछिल्लो अमेरिकी घोषणालाई सकारात्मक रूपमा लिएका छौँ”, सरकारका मुख्य प्रवक्ता योशिमासा हायाशीले नियमित ब्रिफिङमा भन्नुभयो, “हामीले अमेरिकालाई आपसी भन्सार शुल्क, स्टिल र एलुमिनियममा लगाइएको भन्सार शुल्क र सवारी साधन तथा अटो पार्ट्समा लगाइएको भन्सार शुल्कका उपायहरूको पुनरावलोकन गर्न दृढतापूर्वक माग गरिरहेका छौँ ।”

गत हप्ता धेरै देशका लागि व्यापक ‘पारस्परिक’ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणामा विश्वको चौथो नम्बरको अर्थतन्त्र जापानबाट आयातमा २४ प्रतिशत कर लगाउने समावेश थियो ।

ट्रम्पले बुधबार यी भन्सार शुल्कहरूमा ९० दिनको रोक घोषणा गर्नुभएको छ तर अन्य भन्सार शुल्कहरू अझै कायम छन् । यसमा संयुक्त राज्य अमेरिकामा आउने कारहरूमा २५ प्रतिशतको भन्सार शुल्क समावेश छ ।

अमेरिकाको नजिकको मित्र जापानमा अटो क्षेत्र अर्थतन्त्रको एक प्रमुख स्तम्भ हो । यो क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगभग ५६ लाख मानिसलाई रोजगारी दिएको छ ।

यी र अन्य जापानी कम्पनीहरू पनि अन्य ठाउँमा उत्पादन स्थलहरूमा धेरै निर्भर छन् । यसमा भियतनाम जस्ता देशहरूमा पनि उच्च भन्सार शुल्क लगाइएको छ ।