२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० आईमा दीपेन्द्रले बनाए नयाँ विश्व कीर्तिमान



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् ।

बिहीबार कुवेतविरुद्ध खेल्दै उनले बिना डक आउट अर्थात शुन्यमा आउट नभइकन धेरै इनिङ्स खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

दिपेन्द्र आफ्नो टी२० आई करियरमा अहिलेसम्म शुन्यमा आउट भएका छैनन् । ७६ खेल खेलेका उनी ६६ इनिङमा डकआउट भएका छैनन् भने १० खेलमा ब्याटिङ गरेका छैनन् ।

यस्तै, यसको दोस्रो स्थनमा वेष्ट इन्डिजका मार्लोन नथानिएल स्यामुएल्स रहेका छन् । उनी ६५ खेलमा डगआउट भएका छैनन् ।

आज भएको कुवेतविरुद्धको खेलमा दीपेन्द्रले १२ बलमा ३१ रन बनाउँदै नेपाललाई जिततर्फ दोहोर्‍याएका थिए ।

दिपेन्द्रले यसअघि सबैभन्दा छिटो ९ बलमा अर्धशतक बनाउने कीर्तिमानी बनाएका थिए । यस्तै, एक ओभरमा ६ छक्का हानेर पनि उनले रेकर्ड बनाएका थिए ।