१० बैशाख २०८२, बुधबार
,
Latest
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन ५ हजार ७ सय रुपैयाँले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड



अ+ अ-

काठमाडौं । बिहीबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज एकै दिन प्रतितोला ५ हजार ७ सय रुपैयाँ बढ्दै सुन मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसँगै आज छापावाल सुन प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।बुधबार उक्त सुन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अज चाँदी प्रतितोला ६५ रुपैयाँले बढ्दै प्रतितोला १९०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएके छ ।