२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित



अ+ अ-

काठमाडौं । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रको प्यानलको जित सुनिश्चित भएको छ । अब गणना हुन बाँकी मतभन्दा मिश्रको प्यानलले बढी मतअन्तर कायम गरिसकेकाले जित निश्चित भएको हो ।

तेस्रो दिनको मतगणना आजका लागि स्थगित भएको छ । अब ललितपुर बार एसोसिएसन केन्द्रको ५ सय ६० मत मात्र गन्न बाँकी छ । यो भोलि मात्र गणना हुने छ । निर्वाचन समितिले भोलि नै मिश्र नेतृत्वको प्यानललाई निर्वाचित भएको घोषणा गर्नेछ ।

निर्वाचन समितिकाअनुसार बार एसोसिएसनको नयाँ अध्यक्षका लागि मिश्रले ४ हजार ८ सय ९१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी रमनकुमार श्रेष्ठले २ हजार २२९ मत पाएका छन् । दुई बीचको अन्तर २ हजार ६ सय ६३ मत रहेको छ ।

महासचिव पदमा पनि मिश्र प्यानलका वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाको जित निश्चित देखिएको छ।

यस्तै, कोषाध्यक्षमा मिश्र प्यानलकै अधिवक्ता जगतबहादुर कार्की विजयी हुने छन् । केही मत गणना बाँकी रहे पनि मिश्र प्यानलका सबै २५ उम्मेदवारले निर्णायक अग्रता बनाइसकेकाले सम्पूर्ण प्यानलको जित सुनिश्चित भइसकेको छ ।

अन्तिम गणना सम्पन्न भएपछि निर्वाचन समितिले बिहीबार आधिकारिक परिणाम सार्वजनिक गर्नेछ । निर्वाचन समितिका अनुसार शनिबार सम्पन्न निर्वाचनमा ७ हजार ९९५ मत खसेको थियो ।




भर्खरै