१ असार २०८३, सोमबार
,
Latest
नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरकानुनी रूपमा अमेरिकी सीमा पुगेर जीवन जोखिममा नपार्न अमेरिकी दूतावासको आग्रह



अ+ अ-

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले गैरकानुनी रूपमा अमेरिकी सीमासम्म पुग्ने यात्रा खतरनाक रहेको भन्दै मानव सुरक्षा र जीवनलाई समेत जोखिममा पार्ने बताएको छ ।

दूतावासले एक सूचना जारी गर्दै उक्त यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै नपुग्ने भएकाले उनीहरूका परिवारमाथि थप आर्थिक कठिनाइ र बदनामी निम्त्याउने जनाएको छ ।

‘गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले तपाईँको सुरक्षा र जीवनलाई समेत जोखिममा पार्छ । आपराधिक समूह, कार्टेल र मानव बेचबिखनकर्ताहरूले गैरकानुनी आप्रवासीहरूलाई निसानामा पार्छन् र हिंसा, रकम असुली तथा आक्रमणको सिकार बनाउँछन् ।’ सूचनामा भनिएको छ ।

यस्तै, दूतावासले गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न प्रयासरत व्यक्तिहरूलाई अमेरिकी सीमासम्म पुग्नुअघि नै रोक्न र फिर्ता पठाउन अमेरिकाले पश्चिमी गोलार्धका अन्य देशहरूसँग सहकार्य गरेको जनाउँदै सिमानालाई मजबुत बनाई अमेरिकी नागरिकहरूको सुरक्षा गर्ने र गैरकानुनी आप्रवास तथा मानव बेचबिखनले निम्त्याउने पिडाको रोकथाम गर्ने पनि जनाएको छ ।

सूचनामा भनिएको छः
गैरकानुनी रूपमा अमेरिकी सीमासम्म पुग्ने यात्रा खतरनाक छ

गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले तपाईँको सुरक्षा र जीवनलाई समेत जोखिममा पार्छ । आपराधिक समूह, कार्टेल र मानव बेचबिखनकर्ताहरूले गैरकानुनी आप्रवासीहरूलाई निसानामा पार्छन् र हिंसा, रकम असुली तथा आक्रमणको सिकार बनाउँछन् । यो यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै पुग्दैनन्, जसले उनीहरूका परिवारमाथि थप आर्थिक कठिनाइ र बदनामी निम्त्याउँछ ।

गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न प्रयासरत व्यक्तिहरूलाई अमेरिकी सीमासम्म पुग्नुअघि नै रोक्न र फिर्ता पठाउन अमेरिकाले पश्चिमी गोलार्धका अन्य देशहरूसँग सहकार्य गर्दै छ । हाम्रा सिमानालाई मजबुत बनाई हामी अमेरिकी नागरिकहरूको सुरक्षा गर्छौँ र गैरकानुनी आप्रवास तथा मानव बेचबिखनले निम्त्याउने पिडाको रोकथाम गर्छौँ ।