२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०३६ ओलम्पिक आयोजना गर्ने दक्षिण कोरियाको ‘दृढ इच्छा’



अ+ अ-

एजेन्सी । दक्षिण कोरियाली अधिकारीहरूले यस हप्ता अन्तर्राष्ट्रिय ओलम्पिक समितिको मुख्यालयको भ्रमणका क्रममा सन् २०३६ को ग्रीष्मकालीन खेलहरू आयोजना गर्न देशको ‘दृढ इच्छाशक्ति’ व्यक्त गरेको खेलकुद प्रमुखहरूले बुधबार बताएका छन् ।

फेब्रुअरीमा उत्तर जियोला प्रान्त र यसको राजधानी जियोन्जुले सन् २०३६ मा ओलम्पिक आयोजना गर्ने दौडमा दक्षिण कोरियाको उम्मेद्वारका रूपमा सियोललाई हराएका थिए ।

कोरियाली खेलकुद तथा ओलम्पिक कमिटी (केएसओसी)का अध्यक्ष र्‍यु सेउङ–मिनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले मङ्गलबार लुजानमा आइओसीका निवर्तमान प्रमुख थोमस बाखलाई भेटवार्ता गरेको थियो ।

“र्‍यु र उहाँका सहकर्मीहरूले सरकार, खेलकुद समुदाय र स्थानीय सरकारसँग ओलम्पिक आयोजना गर्न दृढ इच्छाशक्ति रहेको कुरा प्रस्तुत गर्नुभएको छ”, केएसओसीले एक विज्ञप्तिमा भनेको छ, “विशेषगरी उहाँहरूले जियोन्जुको ऐतिहासिक र सांस्कृतिक सम्पदा र दिगो पूर्वाधारमा आधारित आयोजक सहरका रूपमा उपयुक्ततामा जोड दिनुभयो ।”

सियोलले सन् १९८८ मा ग्रीष्मकालीन ओलम्पिक आयोजना गरेको थियो ।

धेरै देशले सन् २०३६ को खेलहरू आयोजना गर्न चासो व्यक्त गरेका छन् । तिनीहरूमध्ये भारत र दक्षिण अफ्रिका जस्ता सम्भावित पहिलो–पटकका आयोजकहरू पनि छन् ।