२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक



अ+ अ-

किमाथाङ्का । यस वर्ष शैक्षिकसत्र सुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका १० वटै स्थानीय तहमा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक पुगेको हो ।

भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक समय अगावै उपलब्ध गराएका हुन् । यसअघिका वर्षहरूमा पाठ्यपुस्तक समयमा नपुग्ने सङ्खुवासभामा यो पटक नयाँ शैक्षिकसत्र सुरु नहुँदै गाउँगाउँमा पाठ्यपुस्तक पुगिसकेका बिक्रेताले जनाएका छन् ।

सदरमुकाम खाँदबारीका पुस्तक व्यवसायीले सरकारी बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री गरिरहेका व्यवसायी कृष्ण भण्डारीले बताउनुभयो । सामूहिक लगानीमा बिक्रीकक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालिएको उहाँको भनाइ छ ।

भण्डारीले जिल्लाका १० वटै स्थानीय तहमा ८० प्रतिशत बढी पुस्तक पुगिसेको जानकारी दिनुभयो । उहाँका अनुसार अन्य स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका छन् ।

सङ्खुवासभामा प्रतिकक्षा दुई हजार ५०० सयका दरले पुस्तक आवश्यक पर्दछ । सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको व्यवसायीको भनाइ छ । यो वर्ष जिल्लामा वैशाख १ गतेभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने गरी वितरण भइरहेको भण्डारीले बताउनुभयो । रासस