१७ बैशाख २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा



अ+ अ-

काठमाडौँ । पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित भीषण वर्षा भएको छ ।

बुधवार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङ लगायतका जिल्लामा भीषण वर्षा भएको हो ।

नेपालमा वर्षा नहुँदा प्रदुषणको तह जोखिमपूर्ण छ । जसले आँखा पोल्ने, टाउको दुख्ने लगायतका समस्याहरु देखिरहेका छन् । ठूलो पानी परेसँगै काठमाडौं उपत्यका लगायत प्रदुषण बढी भएका शहरहरुबाट प्रदुषण कम हुने बताइएको छ ।

तर, काठमाडौं उपत्यकामा वर्षा नहुँदा केही दिन यता प्रदुषण उच्च भएको शहरमा विश्वकै पहिलो स्थानमा रहेको छ । काठमाडौंमा वर्षा हुन नसके पनि पूर्वी तराईमा भने मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।