९ श्रावण २०८३, शनिबार
,
Latest
रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल : गण्डकी प्रदेशद्वारा सुदूरपश्चिम पराजित



फाइल फोटो
अ+ अ-

भोजपुर। यहाँको भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा जारी मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई लगातार तीन सेटले पछाडि पार्दै गण्डकी प्रदेश सेमिफाइनल प्रवेश गरेको छ ।

गण्डकीले २५–१८, २५–२० र २५–१६ अङ्कले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो । आजै भएको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३–१ सेटले गण्डकी प्रदेशले पराजित गरेको थियो । खेलको पहिलो, दोस्रो र चौथो सेटमा लुम्बिनीलाई २५–२०, २५–१८ र २५–२१ अङ्कले गण्डकी प्रदेशले पराजित गरेको हो । तेश्रो सेट भने २५–२३ ले गण्डकीलाई लुम्बिनी प्रदेशले जितेको थियो ।

लिग आधारमा सञ्चालित खेलअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेल गण्डकी र बागमती प्रदेशबीच हुनेछ भने दोस्रो कोशी र सुदूरपश्चिमका बीच हुने आयोजक भोजपुर जिल्ला भलिबल सङ्घका उपाध्यक्ष विष्णु भुजेलले जानकारी दिनुभयो ।

यही चैत २८ गतेसम्म हुने प्रतियोगिता सञ्चालनका लागि कोशी प्रदेश सरकारको कोशी प्रदेश खेलकुद विकास बोर्डमार्फत रु २० लाख सहयोग गरेको छ । प्रतियोगितामा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिनुभयो । पाँच विधामा विधागतरुपमा उत्कृष्टलाई रु १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।रासस




भर्खरै