२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको सचिवालय बैठक बुधबार



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालयको बैठक आह्वान गरेको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार दिउँसो बस्ने गरी उक्त बैठक डाकिएको जानकारी दिनुभयो । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हुने यस बैठकमा पार्टी अधिवेशन, जनयात्रा कार्यक्रम, अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने जनाइएको छ ।

बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य सम्बन्धमा समेत छलफल हुने उहाँले बताउनुभयो । रासस