२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासंघद्धारा म्यानमारका भुकम्प पिडीतहरुका लागि राहत सामग्री हस्तान्तरण



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले म्यानमारका भुकम्प पिडीतहरुका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

महासंघका विपद् व्यवस्थापन समितिका सभापति भक्त हमालले गृह मन्त्रालयका प्रतिनिधी मार्फत राहत सामाग्री हस्तान्तरण गरेको हो ।

महासंघले राहत स्वरुप चामल, मसुरो दाल, भाडाँकुडाको सेट, मस्क्युटो नेट, ब्लड ब्याग, ब्लड ट्रान्सफ्यूजन सेट, ब्यान्डेज, इलास्टिक एडजेस्टेबल ब्याण्ड तथा पेपर टेप लगायतका सामग्रीहरु प्रदान गरेको हमालले जानकारी दिनुभयो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले देश भित्र र बाहिर हुने प्राकृतिक विपत्तिका घटनाहरुमा राहत सामग्री वितरण गर्दै आइरहेकामा पछिल्लो पटक म्यानमारका लागि यो सामग्री हस्तान्तरण गरिएको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो ।
२०८१ चैत्र १५ (२८ मार्च २०२५) मा ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठुलो क्षति पुर्‍याएको छ । त्यस लगत्तै २०८१ साल चैत्र २१ गते परराष्ट्र मन्त्रालयमा बसेको बैठक अनुसार म्यानमारमा भूकम्प पिडितहरुका लागि राहत पठाउने निर्णय भएको थियो ।