१० बैशाख २०८२, बुधबार
,
Latest
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुम्मियो काठमाडौं, तीन दिन पानी पर्ने सम्भावना, प्रदूषणबाट मिल्ला त राहत ?



अ+ अ-

काठमाडौं । लगातार प्रदू्रषणमा विश्वकै शीर्ष स्थानमा रहँदै आएको काठमाडौंको आकाश आज पनि धुम्म छ । आज काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । तर अब पानी पर्ने सम्भावना देखिएको छ ।

भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी तथा स्थानीय वायुको आंशिक असरले काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आज बादल लागेको छ ।

कोशी प्रदेशबाट भित्रिएको यो प्रणालीको असरले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका पहाडी जिल्लाहरुमा छिटपुटदेखि हल्का खालको वर्षा हुने सम्भावना समेत छ । वर्षाले अहिलेको प्रदूषणबाट केही राहत मिल्ने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज अपराह्नदेखि काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । आजको तुलनामा भोलि अलि बढी पानी पर्ने सम्भावना छ । पूर्वदेखि पश्चिमसम्मै पहाडी जिल्लाहरुमा वर्षाको सम्भावना देखिएको छ । मंगलबार सामान्य वर्षा भए पनि भोलि हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

महाशाखाका अनुसार विहीबारसम्मै पानी पर्ने सम्भावना छ । यसको प्रभाव भने नेपालका पूर्वी भूभागमा बढी र पश्चिम भूभागमा कम देखिने छ ।