२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार

सिड्नीको अपूर्व सफलतापछि नेपथ्य अब गोकर्णेश्वरमा

सिड्नीको अपूर्व सफलतापछि नेपथ्य अब गोकर्णेश्वरमा
अ अ+ अ-

काठमाडौं: सिड्नीस्थित साढे पाँच हजार दर्शक क्षमताको ‘होर्डन पभिलियन’ हलमा अघिल्लो दिन हाउसफुल शो गरिसकेपछि दोस्रो दिन पुनः त्यसै हलमा तोकिएको कन्सर्ट हेर्न कति दर्शक जुट्लान् भन्ने जिज्ञासा सबैमा थियो । त्यसमाथि दोस्रो शो हुने दिन आइतबार दिउँसैदेखि सिड्नी झरीले निथ्रुक्क भिजेको थियो ।

यी सारा प्रतिकूलताका बावजुद होर्डन पभिलियन फेरि भरिभराउ भइदियो । दर्किरहेको झरीकै बीच पनि लामो लाइन बसेर हलभित्र पस्दै गरेका दर्शकको उत्साहले सिंगो परिसर रमाइलो बनाएको थियो ।

‘नेपाली बसोबास गर्ने अस्ट्रेलियालगायत सबै ठाउँका लागि नेपथ्य अब लोकप्रिय नाम भइसकेको छ,’ हलको रिसेप्सनमा बसेर भिडलाई नियालिरहेका हरि राम्जाली भनिरहेका थिए, ‘अब आयोजकले दर्शक खोज्ने नभई दर्शकले नेपथ्य खोज्दै आउने ट्रेन्ड सुरु भइसकेको छ ।’

नेपथ्यलाई प्रारम्भका तीन भ्रमणमा अस्ट्रेलिया निम्त्याउने स्थानीय आयोजक संस्था म्याग्दी समाजमा आबद्ध राम्जालीका अनुसार उतिबेला शो घोषणा गरिसकेपछि आफूहरूले केही महिना अगाडिदेखि पाकेटभरि टिकट बोकेर हिँड्नुपर्थ्यो ।

‘बजारमा ब्यान्डको यात्राको जानकारी प्रवाह गर्नेदेखि नेपाली कलाकारलाई माया गरिदिनुस् भन्दै गरिने अनुरोध मात्रले नपुगेपछि व्यक्तिगत सम्पर्कका आधारमा पनि टिकट पुस सेल नै गर्नुपर्थ्यो,’ राम्जाली भन्दै थिए, ‘अनलाइनबाटै टिकट काटेर यसरी ओइरिने दर्शकको त त्यतिबेला हामी कल्पना पनि गर्न सक्दैनथ्यौं।’

होर्डन पभिलियनमा दोस्रो दिन दर्शक कतिसम्म रमाएका थिए भन्ने उदाहरणका लागि कविता थापाको उत्साह नै पर्याप्त थियो ।

दाहिने खुट्टामा प्लास्टर लगाएकी उनी बैसाखी टेकेरै हलमा आइपुगेकी थिइन् । नेपथ्य सिड्नी आउने बेलामै खुट्टा भाँचिएपछि उनी कन्सर्ट हेर्न जाने कि नजाने भनेर दोधारमा परेकी थिइन् । जेजस्तो भए पनि हेर्ने अठोट गर्दासम्म पहिलो शोको टिकट बिक्री भइसकेको थियो ।

‘दोस्रो शो भए पनि हेर्न पाएकामा असाध्यै खुसी लागिरहेको छ,’ पढ्नका लागि नौ वर्षपहिले सिड्नी आएकी विराटनगरकी कविताले व्हिलचेयर र विशेष आवश्यकता भएका दर्शकका लागि छुट्याइएको स्थानबाट कार्यक्रम हेर्दै थपिन्, ‘मलाई यो अवस्थामा पनि सुरक्षित बसेर कार्यक्रम हेर्ने व्यवस्था मिलाइदिएकामा व्यवस्थापकहरूलाई धन्यवाद दिन चाहन्छु ।’

केही दिनअघि मेलबर्नको र सिड्नीकै अघिल्लो दिनको शोले समेत धित नमरेर आइतबार फेरि होर्डन पभिलियन आएका दर्शक पनि भेटिएका थिए । उनीहरू पहिलो शोको अनुभव झिलिमिलीमै बितेको र दोस्रो शो भने झनै रमाइलो बन्न पुगेको प्रतिक्रिया दिइरहेका थिए।

सिड्नीको विशाल हलभित्र लगातार दुई शो सफलताका साथ प्रस्तुत गरेपछि नेपथ्य टोली स्वदेश फर्किसकेको छ ।

‘अस्ट्रेलियाको शृंखलाबद्ध कन्सर्ट सकेर फर्किएपछि अब हामी आउने साता गोकर्णेश्वरमा ब्यान्डलाई प्रस्तुत गर्ने तयारीमा लागिसकेका छौं,’ मुख्य गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङ भन्छन्, ‘यसै चैत ३० गते शनिबार गोकर्णेश्वरको कन्सर्टमा नेपालभित्रका दर्शकसँग जम्काभेट हुनेछ ।’

नेपथ्यले दुई वर्षपछि काठमाडौं उपत्यकामा कन्सर्ट गर्न लागेको हो । यसअघि २०७९ पुसमा नेपथ्य भृकुटीमण्डपमा प्रस्तुत भएको थियो।

‘काठमाडौँ उपत्यकाका नगरपालिकाहरू जनसंख्याका हिसाबले नेपालका अरू धेरै सहरभन्दा ठूला छन् । यी ठाउँमा पनि छुट्टै कार्यक्रम हुन सक्छ भन्ने अध्ययन गर्दै थियौं, गोकर्णेश्वरको प्रस्ताव आयो,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘विदेशका आधुनिक र प्रविधिसम्पन्न हलहरूको अनुभव लिएर आएको ब्यान्डलाई गोकर्णेश्वरका दर्शकमाझ पनि उत्तिकै स्तरमा उभ्याउने तयारीमा लागेका छौं ।’

कन्सर्ट गोकर्णेश्वरस्थित हनुमानचोकनजिकै खुला मैदानमा हुनेछ । यसलाई स्थानीय तन्नेरीहरूको समूह ‘ग्राउन्ड अफ इभेन्ट्स’ले प्रस्तुत गर्न लागेको हो ।

‘नेपथ्य प्रस्तुत हुन लागेकामा दर्शक पूरै उत्साहित छन्,’ स्थानीय आयोजक श्यामकृष्ण श्रेष्ठ भन्छन्, ‘शो हुनुभन्दा अगावै अनलाइन र भौतिक टिकट बिक्रीमा लहरले हामी पनि निक्कै उत्साहित छौँ ।’

दर्शकले स्थानीय आयोजकबाट मात्र नभएर ब्यान्डको वेबसाइट www.nepathya.com.np मार्फत पनि सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ ।

गोकर्णेश्वरको कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

गोकर्णेश्वरको कार्यक्रमपछि आगामी महिना फेरि अस्ट्रेलियामा जस्तै शृंखलाबद्ध प्रस्तुति लिएर आफूहरू अमेरिका जाने तयारीमा रहेको पनि मुख्य गायक एवं ब्यान्डका अगुवा अमृतले जानकारी दिए ।