१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारतबीचको सम्बन्ध बहुआयामिक छ: उपमहासचिव ज्ञवाली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल–भारतबीको सम्बन्ध बहुआयामिक रहेको बताउनुभएको छ ।

गणेशमान सिंह फाउण्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल र भारत नजिकका साथी भएको कारण कुनैपनि विषयमा रहेका समस्याहरु संवादमार्फत समाधान गर्न सकिने उल्लेख गर्नुभयो ।

विश्वपरिस्थितिमा आएको गतिशीलताले नेपाल–भारतसँगै दक्षीण एशियालाई नै सहकार्य र पारस्परिक समझदारीको बाटोमा अगाडि बढ्नको लागि आह्वान गरिरहेको उहाँको भनाइ छ । उहाँले नेपालको विकास र छिटो रुपान्तरण हुने चाहनामा भारत अझै उदार भएर सहयोग बन्नुपर्नेमाी उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘नेपाल–भारत सम्बन्ध बहुआयामिक छ । हामी असाध्यै नजिकका साथीहरु हौं । नजिकको साथी भएको हुनाले कहिले कहीँ केही इस्युहरुमा समस्याहरु देखा पनि पर्नसक्छन् । त्यसमा समाधान गर्न नसकिने कुनैपनि विषय छ जस्तो मलाई लाग्दैन । विश्वपरिस्थितिमा नयाँ नयाँ डाइनामिक्सहरु आइरहेका छन् । त्यो डाइनामिक्सले नेपाल—भारत सम्बन्धलाई र दक्षीण एशियालाई अझै बढी घनिष्ट र सहकार्यको बाटोबाट, पारस्परिक समझदारीको बाटोबाट अगाडि बढ्नका निम्ति आह्वान गरिरहेको छ । भारतले जसरि तरक्कि गरिरहेको छ त्यो तरक्किसँग नेपाल पनि कुनै न कुनै हिसावले जोडिन चाहन्छ । छरछिमेकमा आइरहेका विकासहरुसँग सँगै छोटो समयमा जनतालाई एउटा सुखी जीवन दिने नेपाली राजनीतिक दलहरुको चाहना छ । नेपालको विकासको चाहनामा, विकासमा छिटो रुपान्तरण चाहने नेपालको चाहानामा भारत अझै बढी उदार भएर सहयोगि बनोस् । म यो आग्रह पनि गर्न चाहन्छु ।’

फरक प्रसंगमा बोल्दै उपमहासचिव ज्ञवालीले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र मात्र हुनसक्ने बताउनु भयो ।